दिनको दुई हजार तिर्नुस्, एसीमा बस्नुस्

नेपालगञ्ज – पैसा तिर्न सक्ने कोरोना संक्रमितलाई दिनको दुई हजार रुपैयामा एसीसहितको होटलमा बस्ने र खाने व्यवस्था मिलाइएको छ ।
खाना र एकपटकको नास्तासहित एसीसहितको कोठामा बस्न चाहनेले दिनको दुई हजार रुपैया खर्च गर्नुपर्ने भएको छ । एसी नभएको कोठामा बस्नका लागि दैनिक एक हजार तीन सय रुपैया तिर्ने पर्नेछ । एसी नभएको कोठामा डबल बस्नका लागि दुई हजार पाँच सय, एसीसहितको कोठामा डबल बस्नका लागि तीन हजार पाँच सय रुपैया कायम गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयले आजदेखि न्यूरोडमा रहेको इन्द्रेणी होटलमा यस्तो व्यवस्था गरिएको हो । आफै पैसा तिरेर बस्नका लागि यसअघि नै सिटी प्यालेसमा त्यस्तो व्यवस्था मिलाइएको थियो । सिटी प्याक भइसकेको छ । त्यहाँ महंगो शुल्क लिइएको बसेकाहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !