भाडा छुट दिने घरधनीलाई सम्मान

नेपालगञ्ज – व्यवसायीलाई घर भाडा छुट दिने ‘मनकारी घरधनी’लाई सम्मान गरिएको छ ।
संयुक्त बस्तुगत व्यवसायी समन्वय समितिले घर भाडा छुट दिने चार दर्जनबढी घरधनीलाई सम्मान गरेको हो ।


लकडाउन र कोरोनाको कहरलाई मध्यनजर गर्दै घरधनीले भाडा छुट दिएपछि उत्साहित भएका व्यवसायीले एक समारोहकै आयोजना गरेर सम्मान गरेका हुन् । घरधनीहरु कोहीले चार महिना, कोहीले लकडाउन अवधिको ५० प्रतिशत, कोहीले तीन महिना, कोहीले दुई महिना, कोहीले डेढ महिना त कोहीले एक महिनाको भाडा छुट गरेको नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य भीम रानाभाटले जानकारी दिनुभयो ।


लकडाउन र कोरोना कहरले गर्दा व्यापार व्यवसायमा नराम्रो धक्का लागेको बताएका व्यवसायीहरुले घर भाडामात्रै छुट हुँदा ठूलो राहतको महसुस गरेको बताएका छन् । प्रदेश सांसदद्वय सुरेन्द्र हमाल र मो. याकुव अन्सारी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष अमित बस्नेत, व्यवसायिक अगुवाहरु भाष्कर काफ्ले, ज्ञानेन्द्र श्रेष्ठ, ललित रौनियारलगायतले मनकारी घरधनीलाई सम्मान गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !