बोलबम साइकल यात्रा

सतिश निरौला (खजुरा) – नेपालगञ्जबाट नजिकै जोडिएको एउटा आकर्षक र धार्मिक रूपमा चर्चित ठाउँ बनेको छ यतिबेला बाँसगढी नगरपालिकामा अवस्थित ओम केदारेश्वर धाम । साउनको महिना शिवको धाम भएको हुँदा विशेष छ, यतिबेला बाँसगढी नगरपालिकाको प्रमुख धार्मिक पर्यटकीय केन्द्र ।
हामी नेपालगञ्ज र यसको आसपास खजुरा र कोहलपुरमा रहेर नियमित साइक्लिङ्गमा रमाउनेहरुले यो अवसर छुटाउने कुरै थिएन अनि आजको सोमबारको बिहानी हाम्रो साइक्लिङ्गको रुट तय भयो नेपालगञ्ज खजुरा हुँदै बाँसगढी । कोहलपुरको टिम पनि कोहलपुर हुँदै बाँसगढी, यो बर्षको दोस्रो श्रावणको सोमबार नेपालगञ्ज साइक्लिङ्ग क्लब आबद्ध डेढ दर्जन जति साइकल यात्री बिहानै बोलबम साइकल यात्रामा पुगियो ओम केदारेश्वर धाम । यो धाम हाम्रा लागी नयाँ त थिएन नै यस अघि पनि थुप्रै पटक हाम्रो साइकल त्यहाँ पुगिसकेको थियो तर पनि आफ्नो आसपासको धार्मिक पर्यटकीयस्थल को प्रचारप्रसार र महत्व देशदुनियामा प्रेसित गर्ने र साउन महिनाको बिशेष धार्मिक आस्था सहितको थियो, आजको बोलबम साइकल यात्रा ।


निकै नै सुन्दर र रमणीय धार्मिक क्षेत्र छ, केदारेश्वर धाम । साइकलमा नेपालगञ्जबाट ६० किलोमिटरको आवतजावतमा पुगिन्छ बाँसगढी । बासगढी बजार भन्दा केही उतै पर्छ उक्त धाम । यति सुन्दर र मनमोहक र भब्य धाममा आज सोमबार बिशेष चहलपहल र घुइँचो बढ्दै थियो । बाँके, बर्दियाका थुप्रै श्रद्धालुहरुको भिड बढ्दै थियो । त्यही भिडबिच हामीहरुले पनि सकेसम्मको सावधानी र सामाजिक दुरि अपनाउदै केदारधामको दर्शन गरियो ।
मन्दिरको वरिपरि कहिँ कतै फूल, प्रसादका स्टल र पसल देखिएनन् । बाहिरबाट उक्त धाम जानेले पक्कै पनि त्यहाँबाट केही फुल, प्रसाद किनेर चढाउने र त्यहाँको चिनो घरमा लिएर आउने हुन्छ तर त्यसको लागी अहिलेसम्म त्यहाँ कुनै एउटा पनि पसल राखिएको भेटिएन, देखिएन । त्यहाँ भेटिएका केही स्थानीयसँग कुरा गर्दा भर्खर नयाँ निर्माण गरिएको क्षेत्र भएकोले अहिलेसम्म त्यहाँ कुनै पसलहरु नखुलेको प्रतिक्रिया पाइयो । तर मन्दिर परिसर वरिपरि धार्मिक पुस्तक, मन्दिरको फोटो, टीका तथा फुल, प्रसादलगायतका सामग्रीका पसल र चिया र नास्ताका पसल भए त्यहाँ पुग्ने धार्मिक पर्यटकलाई सुबिधा हुने र धार्मिक पर्यटनले स्थानीयलाई आर्थिक उपार्जनमा टेवा पु¥याउन सक्छ ।


error: यो सुविधा उपलब्ध छैन !