आन्तरिक राजश्वका सुब्बालाई पनि कोरोना
नेपालगञ्ज – आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जका अर्का कर्मचारीमा पनि कोरोना देखिएको छ ।
कर अधिकृतलाई कोरोना देखिएपछि कार्यालयका ६४ जना कर्मचारीको स्वाव लिइएको थियो । त्यसमध्येमा एउटाको रिजल्ट आएको छ । पोजिटिभ आएको छ । अरुको रिजल्ट आउन बाँकी रहेको छ । पोजिटिभ देखिएका व्यक्ति प्यूठान घर भएका २९ वर्षीय हुन् । उनी सुब्बा पदमा कार्यरत रहेका छन् ।
बाँकेमा थप दुई जनामा पनि कोरोना पुष्टि भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का ४९ वर्षीया महिला र २४ वर्षका पुरुषमा कोरोना देखिएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । राप्तीसोनारीका दुवै जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा दाङका पाँच जनामा कोरोना पुष्टि भएको छ । उनीहरु दाङ तुलसीपुर वडा नं. १३ का एकजना र १४ नम्बरका चार जना रहेका छन् ।