यातायात र आन्तरिक राजश्व कार्यालय बन्द

नेपालगञ्ज – जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, नेपालगञ्जले जिल्लाका सबै पालिकाले कम्तीमा एउटा २५-२५ बेडको आइसोलेसन सेन्टर र क्वारेन्टाइन राखि राख्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने केन्द्रको सोमबार बसेको बैठकले कोरोनाको संक्रमण समाप्त भइनसकेकाले सबै पालिकाले आइसोलेसन सेन्टर र क्वारेन्टाइन यथास्थितिमा राख्न आग्रह गरेको हो । ‘धेरै पालिकाले क्वारेन्टाइन हटाइसकेका रहेछन् । कोरोना देखा परिरहेकाले आइसोलेसन सेन्टर र क्वारेन्टाइन राखि राख्न आग्रह गरेका छौं, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीर्घराज उपाध्यायले भन्नुभयो, पालिकाहरुलाई २५-२५ बेडको आइसोसेलन सेन्टर र क्वारेन्टाइन अनिवार्य राख्न भनेका छौ ।’
बैठकले सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सेनिटाइजर प्रयोग गराउन प्रचार प्रसार गर्ने निर्णय गरेको छ । यसमा प्रहरी प्रशासनदेखि गाउँपालिका प्रयोग हुनेछन् । आन्तरिक राजश्व कार्यालय र यातायात कार्यालयका कर्मचारीमा कोरोना देखा परेकाले केही दिनका लागि यी कार्यालय बन्द रहने निर्णय गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले अर्को सूचना नभएसम्म यातायात र आन्तरिक राजश्व कार्यालय बन्द रहने जानकारी दिनुभयो । बैठकले अरु कार्यालयका प्रमुखलाई पनि स्वास्थ्य सावधानी अपनाउन निर्देश गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !