भीडभाड हुने कार्यालयका कर्मचारीलाई कोरोना
नेपालगञ्ज – यातायात व्यवस्था कार्यालय, नेपालगञ्जका कम्प्यूटर अपरेटर २२ वर्षीया महिलामा कोरोना देखिएको छ ।
यातायात कार्यालयमा ९ गते लिइएको स्वावको आज नतिजा आएको हो । यातायात कार्यालयमा सधैं भीडभाड हुने गर्दछ ।
बाँकेमा सेवाग्राहीको भीडभाड हुने कार्यालयका कर्मचारीमा कोरोना देखिएको छ । यसअघि आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जका कर अधिकृतलाई कोरोना देखिसकेको छ । फिल्डमा खटिने एनजिओकर्मीमा पनि कोरोना देखा परिसकेको छ ।
यी घटनाले सेवाग्राहीको चाप हुने कार्यालयका कर्मचारीसँगै घर बाहिर हिड्दा जो कोहीले सावधानी अपनाउनु पर्ने जरुरी देखिएको छ । शुरुवाती दिनमा क्वारेन्टाइनमा फोकस गरिएको र भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिलाई मात्रै कोरोना देखिएपनि पछिल्लो दिनमा कार्यालय, पसलमा काम गर्नेलाई कोरोना देखा परेको छ ।