विभिन्न घटनामा चार पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले चोरी तस्करीका विभिन्न सामानसहित छुट्टा छुट्टै घटनामा चार जनालाई पक्राउ गरेको छ ।
चोरीको मोटरसाइल, सुर्ती, मेघाश्री, कुकरको वासरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो । बाँके प्रहरीका अनुसार, युपी ४० एपी ७१३८ नम्बरको मोटरसाइकलमा तीन बोरा मेघाश्री ल्याइरहेको अवस्थामा नरैनापुरका फरमान अलि मुकेरी पक्राउ परेका छन् । नेपालगञ्ज वडा नं. १ बस्ने कल्लु कुर्मीलाई भे १ स ४३ नम्बरको इरिक्सामा दुई सय पोका सुपरपावर सुर्ती ल्याइरहेको अवस्थामा बिर्तागाउँबाट पक्राउ गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ७ बस्ने उमेशकुमार दिक्षितलाई भारतबाट प्रेसर कुकरमा प्रयोग हुने वासरसहित कम्दीबाट पक्राउ गरिएको छ । त्यस्तै, बेतहनीका खेम थापाको नाममा रहेको भे ४ प ६१३९ नम्बरको मोटरसाइकल चोरेको आरोपमा अर्जुनकुमार शाहीलाई बसपार्कबाट पक्राउ गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !