क्वारेन्टाइनमा नबसेको व्यक्तिमा देखिदै कोरोना
नेपालगञ्ज – नेपालगञ्जमा क्वारेन्टाइनमा नबसेका व्यक्तिमा कोरोना देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले गरेको ‘¥यान्डम स्याम्पलिङ’ मा आएका व्यक्तिमा कोरोना देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, शुक्रबार कोरोना पुष्टि भएका नेपालगञ्ज–१२ मा बस्ने विद्यार्थी र नेपालगञ्ज–११ मा बस्ने एनजिओमा काम गर्ने व्यक्ति क्वारेन्टाइनमा बसेका व्यक्ति होइनन् । उनीहरु महेन्द्र बहुमुखी क्याम्पसमा गरेको ‘¥यान्डम स्याम्पलिङ’ मा आएका थिए । दुवैमा पोजिटिभ देखिएको छ ।
यसअघि नेपालगञ्ज–१८ की २६ वर्षीया महिला पनि क्वारेन्टाइनमा बसेकी थिइनन् । उनी १२ दिन धनगढीबाट आएर घरमा बसिरहेकी थिइन् । अधिकारीहरुले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई फोकस गरेर पीसीआर जाँच गरिरहेका थिए । केही दिनयता ‘¥यान्डम स्याम्पलिङ’ लाई प्राथमिकता दिइएको छ । यस्तो जाँचमा घरमा बसिरहेका व्यक्तिमा कोरोना देखिन थालेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले दैनिक ज्यालादारी गर्ने मजदुर, निजामति कर्मचारी, पत्रकार, बैकर्सहरुमा यसप्रकारको जाँच गरिरहेको छ ।