नेपालगञ्जमा दुई जनामा कोरोना
नेपालगञ्ज – नेपालगञ्जमा दुई जनामा कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जका अनुसार, नेपालगञ्ज वडा नं. ११ का ४० वर्षीय र वडा नं. १२ का १८ वर्षीय पुरुषमा कोरोना देखिएको हो । अस्पतालमा गरिएको परीक्षणमा बर्दिया र दाङका एक÷एक जनामा कोरोना देखिएको छ । बर्दियाको बढैयाताल र दाङको तुलसीपुरमा कोरोना देखिएको हो ।