थुनुवालाई रगत दिन आएकाको रिपोर्ट नेगेटिभ

नेपालगञ्ज – कोरोना संक्रमित भएका नेपालगञ्ज कारागारमा रहेका थुनुवाको सम्पर्कमा आएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
शरीरमा रगतको कमी भएपछि भेरी अस्पताल, नेपालगञ्ज पु¥याइएका नेपालगञ्ज–६ का २८ वर्षीय थुनुवामा उपचार गरेर फर्किएपछि कोरोना देखिएको थियो । उनलाई रगत दिन आएका घरपरिवारका चार जनाको स्वाव संकलन गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले चारै जनाको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।
शरीरमा रगतको कमी आएपछि अस्पताल लगिएका थुनुवालाई सुर्खेतबाट आएका बिरामीसँगै आइसोलेसन वार्डमा राखिएको थियो । पछि दुवैको रिपोर्ट पोजिटिभ आयो । कारागार प्रशासनले अस्पतालबाट आएपछि थुनुवालाई छुट्टै ठाउँमा राखेकाले जोखिम टरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !