ज्यान मार्ने उद्योगका दुई प्रतिवादी पक्राउ

नेपालगञ्ज – ज्यान मार्ने उद्योगका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जेठ ९ गते खजुराको पीबीसी इट्टा उद्योग परिसरमा ज्यान मार्ने उद्योग गरी फरार रहेका चार जनामध्ये बाँके प्रहरीले गुनानाबाट कलिम भाट र समीर भाटलाई पक्राउ गरेको हो । प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
उक्त घटनामा सोनु कसगढ भन्ने सद्दाम शेषले जाहेरी दिएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !