एकताविरुद्ध टिका टिप्पणी नगर्न अपिल

नेपालगञ्ज – नेकपा, बाँकेले पार्टी एकताविरुद्ध टिका टिप्पणी गर्न कार्यकर्तालाई अपिल गरेको छ ।
जिल्ला अध्यक्ष आइपी खरेलको अध्यक्षतामा बसेको बैठकले एकताको पक्षमा दृढतापूर्वक उभिन र अनावश्यक टिका टिप्पणी गर्न अपिल गरेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख प्रमोद धितालका अनुसार, बैठकले बिगतदेखि सरकारले दिदै आएको एकल महिला, निलो कार्ड प्राप्त फरक शारीरिक क्षमता भएका व्यक्तिहरुलाई भत्ता निरन्तर रुपमा दिन जोडदार माग गरेको छ । किसानलाई तत्काल मल उपलब्ध गराउन माग गरिएको छ ।
बैठकमा केन्द्रीय सदस्य महेश्वर गहतराज, मोहम्मद हारुन, प्रदेश कमिटि सदस्यहरुको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !