कोहलपुरमा तरुणदलको रक्तदान

कोहलपुर – नेपाल तरुणदल बाँके, कोहलपुर नगर कार्यसमितिले कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
वीपी कोइराला स्मृति दिवसको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । रक्तदान अपरान्ह पाँच बजेसम्म चल्ने छ । साढे एक बजेसम्ममा दुई सय जनाले रक्तदान गरिसकेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपाल दहित, जिल्ला सभापति किरण कोइराला, क्षेत्रीय सभापति माधवराम खत्री, तरुणदल अध्यक्ष विरेन्द्रबहादुर शाह, कोहलपुर नगर कमिटि सभापति बलराम शर्मासहितका नेताहरुको सहभागता रहेको थियो ।


यसैबीच, उक्त कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य अजय पुनमगर (गोपाल), टंक चौलागाई, देवी खत्री, खगेन्द्र पौडेल, सुशीला शाही,खअनिल शाहीसहितका नेकपा कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !