कमिसनको १६ लाखसहित खनाल पक्राउ

नेपालगञ्ज – अख्तियारले भेरी अस्पताल, नेपालगञ्जका कम्प्यूटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ ।
अख्तियार, नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, कम्प्यूटर अपरेटर खनालले विभिन्न पाटीसँग कमिसन वापत १६ लाख १३ हजार ९ सय ७५ रुपैया लिएका थिए । सामान खरिदको कमिसन रहेको बुझिएको छ ।
अख्तियार प्रमुख गैरेले स्रोत नखुलेको पैसासहित खनाललाई पक्राउ गरेको बताउनुभयो । खनालका बारेमा अनुसन्धान भइरहेको छ । अख्तियारले केही दिनअघिमात्रै घरेलु कार्यालयका अधिकृतलाई ९६ हजार घुससहित पक्राउ गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !