कोरेक्ससहित दुई पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले लागु औषधी कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले डुडुवाको खडैचाबाट आशिष अहिर र राजकुमार यादवलाई ६५ सीसी कोरेक्ससहित पक्राउ गरेको हो । बाँके प्रहरीका अनुसार, अहिर र यादवले बोराभित्र राखेर कोरेक्स ल्याइरहेका थिए । उनीहरुलाई गएराती पक्राउ गरिएको थियो ।
बाँकेमा लागु औषधीसहित दिनहुँजसो कारोबारीहरु पक्राउ परिरहेका छन् । नेपालगञ्जको मुख्य नाका जमुनाहा बन्द रहेपछि कारोबारीले छोटी नाकाहरु प्रयोग गरेको पाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !