सुर्ती ओसार्ने अनेक तरिका

नेपालगञ्ज – लकडाउनको बेला सुपरपावर सुर्तीको तस्करी बढेको छ । जिल्लाको पूर्वी नाकाबाट सुपरपावर सुर्ती, पानको पात भित्रिरहेको पाइएको छ । प्रहरीले बरामद गरेको तथ्यांकले पनि त्यस्तो देखाइरहेको छ ।
इलाका प्रहरी कार्यालय, कम्दीले धेरै मात्रामा सुर्ती र पानको पात बरामद गरेको छ । दूधको भाडो, चाउचाउको बोकेको गाडी या भिर्ने झोलामा सुर्ती र पानको पात बोक्ने गरिएको छ । कम्दी प्रहरीले सोमबार पनि दुई सय पोका सुर्ती र चार सय पत्ता पानको पात बरामद गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले बताउनुभयो । युपी ४६ एफ ३४३८ नम्बरको मोटरसाइकलमा रहेका व्यक्तिले कालो भिर्ने झोलामा राखेर सुर्ती र पानको पात ल्याइरहेका थिए ।
प्रहरीले बरामद गरेको सामाग्री, मोटरसाइकल र चालकलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !