रिफरै रिफरमा परेका बिरामीलाई कोरोना

नेपालगञ्ज – दैलेखबाट सुर्खेत र सुर्खेतबाट नेपालगञ्ज रिफर भएका बिरामीमा कोरोना देखिएको छ । कोरोना देखिएपछि उनलाई खजुरा सारिएको छ ।
दैलेख डुंगेश्वरका ३३ वर्षीय पुरुष बिरामी भएपछि सुर्खेत हुँदै नेपालगञ्ज आइपुगेका हुन् । कर्णाली प्रदेशमा स्वाव संकलन गरिएपनि उनलाई उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । ‘एक बजे स्वाव संकलन गरेर बिरामीलाई नेपालगञ्ज रिफर गरिएको थियो । साँझ सात बजे रिपोर्ट आउदा पोजिटिभ आयो, कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले भन्नुभयो, उसलाई खजुरास्थित क्यान्सर अस्पतालमा लगेर राखिएको छ ।’
बिरामी दैलेखमा क्वारेन्टाइनमा बसिरहेका थिए । पोजिटिभ रिपोर्ट आएका बिरामी आएकाले मेडिकल कलेजले वार्डमा सेनिटाइज गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !