प्रेस युनियनमा विशेष भेलाको माग

नेपालगञ्ज – प्रेस युनियन, बाँकेका असन्तुष्ट सदस्यहरुले विशेष भेलाको माग गरेका छन् ।
युनियन, बाँकेका सल्लाहकार चेतकान्त भट्टराईलाई कारबाही गरेको विरोधमा युनियनसम्बद्ध ८१ जनाले हस्ताक्षर गरेर विशेष भेलाको माग गरेका हुन् ।
असन्तुष्ट पक्षले जिल्ला अध्यक्ष अर्जुन वलीले बुझ्न नमानेपछि केन्द्र र जिल्लामा समेत इमेलमार्फत विशेष भेलाको माग पत्र पठाएका छन् । जिल्लामै रहेकाले उपमहासचिव प्रेम केसीलाई भेटेर विशेष भेलाको मागपत्र बुझाइएको छ ।
युनियनको विधानमा २५ प्रतिशत सदस्यले हस्ताक्षर गरेर माग गरेमा विशेष भेला बोलाउन सकिने व्यवस्था रहेको छ । प्रेस युनियन, बाँकेमा करिव दुई सय ७ जना सदस्य छन् ।
यसैबीच, युनियनले भट्टराईलाई गरेको कारबाही फिर्ता लिएको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !