नेपालगञ्जका २० वर्षीयमा कोरोना
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ का एक युवकमा कोरोना देखिएको छ ।
भारतबाट आएर महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जको क्वारेन्टाइनमा बसेका २० वर्षीय युवकमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा रुकुम पूर्वका सात जना र दाङ बबईका दुई जनामा पनि कोरोना देखिएको छ ।