किरणनाला छेउको जग्गा विप्लव माओवादीको कब्जामा
नेपालगञ्ज – कोहलपुरको किरणनाला छेउको ६ विगाह जमिन विप्लव माओवादीको थारुवान स्वायत्त प्रदेश जनपरिषद्, नेपालले कब्जा गरेको छ ।
सुकुम्बासी आयोगले केही वर्षअघि ४१ जना व्यक्तिको नाममा वितरण गरेको उक्त जग्गा केही दिनदेखि चर्चामा रहेको छ । थारुवान स्वायत्त प्रदेश जनपरिषद्, नेपालले केन्द्रीय नीति अनुसार नै यो जग्गा कब्जा गरेको जनाएको छ ।
थारुवान स्वायत्त प्रदेश जनपरिषद्, नेपालले जग्गा कब्जा गरेको ब्यानर टाँसेको छ । सरकारले प्रतिबन्धित गरेको विप्लव माओवादीले जिल्लामा सक्रियता देखाउन थालेको छ ।