भुपु सैनिकको आक्रोश

नेपालगञ्ज – नेपाल भुतपूर्व सैनिक विकास समिति, केन्द्रीय कार्यालय, बाँकेले मन्त्रीपरिषद्को निर्णयको विरोध गर्दै ज्ञापनपत्र बुझाएको छ ।
असार १७ गते बसेको मन्त्रीपरिषद्को बैठकले विदेशी सरकारबाट निवृत्तिभरण प्राप्त गरिरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न नमिल्ने निर्णय गरेपछि भुपु सैनिकहरुले विरोध तथा खबरदारी गरेका हुन् ।
भुपु सैनिकहरुले ज्ञापनपत्र बुझाउदै मन्त्रीपरिषद्को निर्णय नसच्याए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । नेपालगञ्जको धम्बोझीचोकमा जम्मा भएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !