१२ वटा आइसोलेसन र १०८ वटा क्वारेन्टाइन खाली

नेपालगञ्ज – बाँकेमा १२ वटा आइसोलेसन सेन्टर र एक सय आठ वटा क्वारेन्टाइन खाली भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, अहिले जिल्लामा २० जना संक्रमित दुई वटा आइसोलेसन सेन्टरमा बसिरहेका छन् । क्यान्सर अस्पताल, खजुरा र आदर्शनगरमा रहेको आइसोलेसन सेन्टरमा दश÷दश जना रहेका छन् । १४ वटा आइसोलेसन सेन्टर भएकोमा १२ वटा खाली भएका छन् ।
बाँकेमा हाल क्वारेन्टाइनमा ८९ जना बसेका छन् । उनीहरुलाई ६ वटा क्वारेन्टाइनमा राखिएको छ । जिल्लामा एक सय १४ वटा क्वारेन्टाइन बनाइएको थियो । अरु एक सय आठ वटा खाली भएका छन् ।
भारतबाट फर्किनेको संख्यामा कमी हुँदा क्वारेन्टाइन भरिभराउ हुन छोडेको छ । पछिल्लो दिनमा गरिएको जाँचमा पोजिटिभ केस धेरै देखिएका छैनन् । फाटफुट भने देखिने गरेका छन् । भारतमा दैनिक ठूलो संख्यामा पोजिटिभ देखिने गरेकाले अझै जोखिम भने रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !