खजुराका पाँच जनामा कोरोना
नेपालगञ्ज – बाँकेको खजुरामा पाँच जनामा कोरोना देखिएको छ ।
खजुरा गाउँपालिकाको वडा नं. ३ मा पाँच जनामा कोरोना देखिएको हो । कोरोना देखिनेमा चार पुरुष र एक महिला छन् ।
योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ८८ जना पुगेको छ ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका १० र दाङका पाँच जनामा पनि कोरोना देखिएको छ । बर्दियाको ठाकुरबाबा र दाङको गढवामा कोरोना देखिएको हो ।