मास्क चाहियो, कुन चाहि लिने ?

नेपालगञ्ज – मास्क नलगाएर हिड्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयले मास्क नलगाउनेलाई सय रुपैया जरिवाना गरिरहेको छ ।
दुई दिनमा कम्तीमा दुई सय १८ जना यो कारबाहीमा परेका छन् । घरबाट मास्क नलगाई निस्केका कतिपयले बाटोमा मास्क किनेर लगाउने गर्दछन् । यस्तालाई मध्यनजर गरेर केहीले साइकलमा राखेर सडकमै मास्क बेच्न थालेका छन् ।
प्रहरीले सडकमा रोक्छ । मास्क त लगाउनै प¥यो । छेउतिर साइकलमा राखिएको मास्क किनेर यात्रुले लगाउँछन् । नेपालगञ्जमा केही दिनयता देखिएको दृश्य हो यो । प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्ने अभियान चलाएपछि साना कारोबारीहरु सडकमै मास्क बेच्न निस्केका छन् ।
कोरोनाको कहर अझै टरिसकेको छैन । कोरोनाबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्क लगाएर हिड्ने, बेलाबेलामा साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्न भनिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !