वाटरपार्कमा राजहाँस
नेपालगञ्ज – बागेश्वरी मन्दिरको तलाउमा रहेका केही राजहाँसलाई वाटरपार्कमा लगेर छोडिएको छ ।
नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले १३ वटा हाँसलाई वाटरपार्कमा लगेर छोड्नु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका, १ र १८ नम्बर वडा कार्यालय वाटरपार्कको सौन्दर्यकरणमा लागि परेका छन् । वाटरपार्कमा केही हाँस, विभिन्न जातका चराहरु देखिन्थ्यो । त्यसमा राजहाँस पनि थपिएको छ ।
नेपालगञ्जको पर्यटकीय क्षेत्रमा बनाउन लागि परेका जनप्रतिनिधिले वाटरपार्कलाई बोटिङ, माछापालनदेखि छेउछाउमा हरियाली बनाइरहेका छन् । वाटरपार्कमा जादा पर्यटकले पानीको फोहोरासँगै बोटिङ अनि छेउमा हाँस र चराको बथान देखेर आनन्द महसुस गर्ने योजनाका साथ काम भइरहेको छ ।
वाटरपार्कमा यतिबेला माछा मार्नेहरु जम्मा भइरहेकाले हाँसको सुरक्षामा चुनौती थपिन सक्ने आकलन गरिएको छ ।