खजुरा र नेपालगञ्जमा थपिए संक्रमित

नेपालगञ्ज – बाँकेमा ६ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा खजुराका पाँच जना र नेपालगञ्जका एकजनामा कोरोना देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्ज–२१ का २५ वर्षीय पुरुष, खजुरा–८ का ३९ वर्षीया महिला, ४० वर्षीय पुरुष र ५२ वर्षीय पुरुष, खजुरा–२ का ३२ वर्षीय पुरुष र खजुरा–३ का ३१ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ८१ जना पुगेको छ । यसमा निको हुन बाँकी १८ जना रहेका छन् । दुई जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !