नरैनापुरमा देखियो सलह, कृषिको टोली जादै

नेपालगञ्ज – बाँकेमा सलह किरा प्रवेश गरेको छ ।
भारतको रुपैडिहा आसपासमा देखिएको सलह नरैनापुरमा देखिएको हो । ठूलो संख्यामा देखिएको सलहलाई किसानले धपाएका छन् । रातीमा नउड्ने भएकाले सलह अहिले सीमावर्ती जंगलमा बसेको छ ।
कृषि ज्ञान केन्द्र, नेपालगञ्जका प्रमुख सागर ढकालले नरैनापुरमा सलह देखिएकाले बिहीबार विहान स्प्रे लिएर जाने बताउनुभयो । ‘रातीमा सलह उड्दैन । अहिले जंगलमा बसेको छ । हामी विहान स्प्रे लिएर जान्छौं, कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले भन्नुभयो, सलहले धान र मकैमा नोक्सानी पु¥याउन सक्छ ।’
ठूलो संख्यामा एकैपटक धान र मकैमा बसेर खाइदिने भएकाले सलहले ठूलो नोक्सानी पु¥याउने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !