सात जनामा कोरोना पुष्टि
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा सात जना कोरोना संक्रमित पुष्टि भएका छन् ।
बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मा ५० वर्षीय पुरुषमा कोरोना देखिएको छ । अस्पतालका अनुसार, बर्दिया र रोल्पाका तीन÷तीन जनामा कोरोना देखिएको हो ।
बर्दियाको ठाकुरद्वाराका एक नम्बर वडाका दुई जना र दुई नम्बर वडाका एकजना छन् । रोल्पाको सुनिलस्मृतिको वडा नं. ७ का दुई जना र ४ नम्बर वडाका एकजना रहेका छन् ।