बागेश्वरी टिभीले दियो पत्रकारलाई मास्क र स्यानिटाइजर

नेपालगञ्ज – बाँके जिल्लामा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई बागेश्वरी टेलिभिजनले मास्क र स्यानिटाइजर वितरण गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका १०, आर्दशनगरस्थित आफ्नै कार्यालय भवनमा एक कार्यक्रमकाबीच टेलिभिजनले १ सय ६३ जनालाई एन नाइन्टिन फाइभ मास्क र स्यानिटाइजर वितरण गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक बसन्त शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, रिपोर्टिङमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर टेलिभिजनले मास्क र स्यानिटाइजर वितरण गरेको हो ।
टेलिभिजनका अध्यक्ष लक्ष्मीनारायण शाहले कोरोना भाइरसको महामारीमा पत्रकारहरुले जोखिम मोलेर रिपोर्टिङ गरिरहेको उल्लेख गर्दै ती पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामाग्री वितरण बताउनुभयो । टेलिभिजनले सामाजिक दूरीको पालना गरेर स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !