खुद्रा व्यवसायीले निकाले भित्तेपात्रो

नेपालगञ्ज – खुद्रा व्यवसायी संघले २०७७ सालको भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गरेको छ ।
कोरोनाको कहरका बीचमा सामाजिक दुरी कायम गर्दै संघले आइतबार भित्तेपात्रो विमोचन गरेको हो ।
संघका अध्यक्ष शिवप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य एवं संघका सल्लाहकार कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, संघ संस्थाका संस्थापक एवं निवर्तमान अध्यक्ष भीमबहादुर रानाभाट, कानूनी सल्लाहकार विकास आचार्य, सल्लाहकारहरु भरतबहादुर रानाभाट, कालिमिया खातुनलगायतले भित्तेपात्रोको विमोचन गर्नुभयो ।
संघले वर्षेनी भित्तेपात्रो निकाल्दै आएको सचिव युवराज काफ्लेले जानकारी दिनुभयो । भित्तेपात्रो प्रकाशनले केही मात्रामा संघलाई आर्थिक सहयोग पु¥याउदै आएको छ ।


error: यो सुविधा उपलब्ध छैन !