डिस्चार्ज पोजिटिभलाई फेरि आइसोलेसनमा राखिदै

 

नेपालगञ्ज – कोरोना विशेष अस्पताल, बेलझुण्डी दाङले डिस्चार्ज गरेर घर पठाएका बाँके नरैनापुरका तीन जनालाई नेपालगञ्ज ल्याएर आइसोलेसनमा राख्ने तयारी भएको छ ।
कोरोना पोजिटिभ देखिएकै अवस्थामा बेलझुण्डीले डिस्चार्ज गरेपछि उनीहरुलाई नेपालगञ्जमा ल्याएर आइसोलेसनमा राख्ने तयारी भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले पोजिटिभ व्यक्तिलाई डिस्चार्ज गरेर घर पठाउदा स्थानीयले विरोध गरेकाले नेपालगञ्जमा ल्याएर आइसोलेसनमा राख्ने तयारी भएको जानकारी दिनुभयो । ‘स्थानीयवासीले विरोध गरेका छन्, हामी उनीहरुलाई नेपालगञ्जमा ल्याएर आइसोलेसनमा राख्छौं, प्रजिअ कुरुम्बाङले भन्नुभयो, पोेजिटिभ देखिएकै अवस्थामा घर पठाउनु हुँदैनथ्यो ।’
स्वास्थ्य मन्त्रालयले हालै जारी गरेको नयाँ निर्देशिक १४ दिन आइसोलेसनमा बसेका बिरामीलाई पोजिटिभ रिपोर्ट आएपनि घरमा पठाउने उल्लेख गरिएको छ । त्यही अनुसार बेलझुण्डीले नरैनापुरका तीन जनासहित पाँच जनालाई डिस्चार्ज गरेको थियो । २३ दिनअघि बेलझुण्डी पुगेका आठ जनामध्ये तीन जना नेगेटिभ रिपोर्ट आएर यसअघि नै घर आइसकेका छन् । अहिले घर पठाइएका पाँच जनामध्ये तीन जनाको रिपोर्ट पोजिटिभ रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !