क्यान्सर पीडित विशाललाई आर्थिक सहयोग गरौं
नेपालगञ्ज – नेपालगञ्जमा ‘विशाल पौडेल बचाउ अभियान’ शुरु भएको छ ।
नेपालगञ्ज–१० का पौडेल अध्ययनका लागि अष्ट्रेलिया पुगेका छन् । उनको पित्तनलीमा क्यान्सर भएपछि उपचारको लागि सहयोग अभियान थालिएको हो ।
भृकुटी टोल विकास समितिका अध्यक्ष सरलाकुमारी विष्ट, सहयोग संकलन उपसमितिका संयोजक पदमबहादुर खड्काले वडावासी र छिमेकीहरु एक सय ४३ जनाबाट जुटेको ३ लाख २३ हजार ५ सय ४० रुपैया विशालका बुवा कमलेशकुमार पौडेललाई हस्तान्तरण गर्नु भएको छ ।
सहयोग रकम जुटाउने अभियान चलिरहेको छ । मनकारीहरुलाई सहयोगका लागि अपिल गरिएको छ ।