सामाजिक सुरक्षा भत्ता घरघरमै लगेर दिन निर्देशन

नेपालगञ्ज – जिल्लास्तरीय कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टरले सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउन निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा बसेको क्राइसीस म्यानेजमेन्ट सेन्टरको बैठकले उक्त निर्देशन दिएको हो ।
बैंकहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा भीडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले स्थानीय तह र वडा कार्यालयसँग समन्वय गरेर घरघरमा गएर भत्ता वितरण गर्न निर्देशन दिइएको छ ।
बैठकको निर्णयमा भनिएको छ, ‘बैंकहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा भीडभाड हुने गरेको र उमेरको हिसावले जोखिमयुक्त समूहमा संक्रमण हुन सक्ने संभावनालाई मध्यनजर गर्दै लकडाउन अवधिभर बैंकहरुले स्थानीय तह र वडा कार्यालयसँग समन्वय गरी घरघरमा र टोलटोलमा गई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिने ।’


error: यो सुविधा उपलब्ध छैन !