राप्तीसोनारीमा थपिए चार जना
नेपालगञ्ज – बाँकेमा चार जना कोरोना संक्रमित थपिएका छन् । यसपाली थपिएका सबै राप्तीसोनारी गाउँपालिकाका रहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पठाइएको बाँकेको एक सय २९ स्याम्पलको जाँच गर्दा चार जनाको कोरोना पुष्टि भएको हो । राप्तीसोनारी गाउँपालिकाको वडा नं. ५ का २३, २४, २३ र १६ वर्षका पुरुषमा कोरोना देखिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या एक सय ४६ जना पुगेको छ । राप्तीसोनारीमा ५ जना भएका छन् । प्रतिष्ठानले जाँच गरेको बर्दियाको सय स्याम्पलमा एकजनामा कोरोना पुष्टि भएको छ । बर्दिया बाँसगढी नगरपालिका–९ का २५ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।