पिपरीमा ४१ जना राखियो

नेपालगञ्ज – नरैनापुरका ४१ जना कोरोना बिरामीलाई कृषि विकास तालिम केन्द्र, पिपरी कोहलपुरमा ल्याइएको छ ।
स्थानीयवासीको विरोधका बाबजुद प्रहरीले कोरोनाका बिरामीलाई राती साढे दश बजे पिपरीमा ल्याएर राखेको हो । कोहलपुर प्रहरीका साथै जिल्लाबाट डीएसपी शिवबहादुर सिंहको कमाण्डमा आएको टोलीले स्थानीयलाई हटाएर बिरामीलाई राखेको थियो ।
पिपरीको कृषि विकास तालिम केन्द्रमा आइसोलेसन सेन्टर बनाइएको छ । बिरामी भएकालाई आइसोलेसन अस्पताल र बिरामी नभएकालाई आइसोलेसन सेन्टरमा राख्ने नीति अघि सारिएको छ । जस अनुसार खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन अस्पतालमा २८ जना, नेपालगञ्जको डेन्टल लायन्स आइसोलेसन सेन्टरमा २२ जना र दाङको बेलझुण्डीस्थित अस्पतालमा आठ जनालाई राखिएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !