ह्वार्रर भित्रिए, कति भित्रिए पछि गनिने

नेपालगञ्ज – रुपैडिहा नाकामा रोकिएका नेपालीलाई नेपालगञ्ज ल्याइएको छ । स्थानीय प्रशासनले नाकामै सवारी साधनको व्यवस्था गरेर उनीहरुलाई महेन्द्र बहुमुखी क्याम्पससम्म ल्याएको छ ।
केही दिनदेखि नाकामा रोकिएका नेपालीलाई नेपालगञ्ज ल्याएर सम्बन्धित जिल्ला पठाउने रणनीति अनुसार उनीहरुलाई नेपालगञ्ज ल्याइएको हो । अहिले पनि नेपालीहरुलाई धमाधम ओसार्ने काम भएकाले कति भित्रिए भन्ने यकिन हुन सकेको छैन । सबैलाई महेन्द्र बहुमुखी क्याम्पसमा ल्याइसकेपछि ‘लगत’ लिने र सम्बन्धित जिल्लामा पठाइनेछ ।
नेपालीलाई भित्र्याउदा बाँकेमा रोकिएका भारतीयलाई उता पठाइएको छ । भारतीयको लगत राखिएको छैन । घर जाने भनेर जो–जो नाकामा आए उनीहरुलाई पठाइएको छ । हजार आसपासमा भारतीयहरु घर गएको आकलन गरिएको छ ।
नेपालीहरु एक हजार पाँच सय आसपासमा रुपैडिहामा रहेको आकलन गरिएको थियो । रुपैडिहाबाट आउने क्रम जारी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !