सुत्केरीलाई खजुरा लगियो

नेपालगञ्ज – लायन्स डेन्टल अस्पताल, नेपालगञ्जमा रहेकी कोरोना संक्रमित सुत्केरी महिलालाई खजुरा लगिएको छ ।
सात महिनाकी सुत्केरी महिला बच्चासहित छन् । अहिलेसम्म बच्चामा कोरोना देखिएको छैन । खजुराको क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्ष सुविधा सम्पन्न भएकाले सुत्केरी महिलालाई त्यहाँ लगिएको हो ।
२५ जना राख्ने भनिएको डेन्टल अस्पतालमा पनि राम्रै सुविधा रहेको छ । रातभरी ५९ जनालाई राखिएकोमा अरुलाई अन्यत्र लैजाने तयारी भइरहेको छ ।
यसैबीच, बुधबार कोरोना पुष्टि भएका नरैनापुर–५, नमूना प्रावि, मोतिपुरका ५ जनालाई नेपालगञ्ज ल्याउने तयारी भएको छ । नेपालगञ्ज र नरैनापुरमा मात्रै देखिएको कोरोना खजुरामा समेत देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !