लक्ष्मणपुरमा किन अवरोध ?

 

नेपालगञ्ज – नरैनापुरको लक्ष्मणपुरस्थित आदर्श माविमा रहेका कोरोनाका बिरामीलाई नेपालगञ्ज ल्याउने क्रममा स्थानीयले अवरोध सिर्जना गरेका छन् ।
नरैनापुरका कोरोना संक्रमितलाई नेपालगञ्ज ल्याउने निर्णय भए अनुसार नेपालगञ्जबाट एम्बुलेन्स पुगेपछि स्थानीयवासीले बिरामीलाई नेपालगञ्ज ल्याउन नदिन अवरोध गरेका हुन् । क्वारेन्टाइन आसपासमा ठूलो संख्या मानिस जम्मा भएका छन् ।
लक्ष्मणपुरमा १२ जना संक्रमित छन् । ती बिरामी त्यहीका हुन् । अन्य स्कूलमा पनि बिरामी छन् । त्यहाँ यस्तो देखिएको छैन । ठूलो संख्यामा जम्मा भएका स्थानीयले अवरोध गरेपछि नेपालगञ्जबाट प्रहरीको थप टोली जादैछ ।
नरैनापुरमा सुविधा सम्पन्न आइसोलेसन कक्ष नभएपछि त्यहाँका ५९ जना बिरामीलाई नेपालगञ्ज ल्याएर उपचार गर्ने निर्णय भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !