डेन्टल अस्पतालमा ल्याउँदै नरैनापुरका बिरामी

नेपालगञ्ज – नरैनापुरका कोरोना संक्रमितलाई नेपालगञ्जको लायन्स डेन्टल अस्पताल र खजुराको क्यान्सर अस्पतालको आइलोसेलन कक्षमा राखिने भएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका डा. रमेश खरेल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआइजी, बाँकेका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको बैठकले नरैनापुरका कोरोना संक्रमितलाई नेपालगञ्ज र खजुरामा राख्ने निष्कर्ष निकालेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । प्याकुरेलका अनुसार, अरु ठाउँ पनि खोजी हुँदैछ ।
नरैनापुरका कोरोनाका बिरामीलाई नेपाल आर्मी र आइएनएफको एम्बुलेन्स गइसकेकेको छ । उनीहरुलाई तत्काल ल्याएर डेन्टल अस्पतालमा राखिने छ । खजुरामा ४० बेडको आइसोलेसन कक्ष रहेको छ । त्यहाँ अहिले २६ जना बिरामीलाई राखिएको छ । डेन्टल अस्पतालमा ४० बेड राख्न सकिन्छ । तर, अहिले त्यहाँ २३ बेड तयारी अवस्थामा रहेको छ । कोहलपुरको पिपिरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा पनि राख्ने बारेमा छलफल भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !