अब यसरी हुन्छ बिरामीको व्यवस्थापन

नेपालगञ्ज – नरैनापुरका कोरोना संक्रमितमध्ये ३४ जनालाई कृषि विकास बैंक तालिम केन्द्र कोहलपुर र २५ जनालाई लायन्स डेन्टल अस्पतालमा राखिने भएको छ ।
जिल्लाको कोभिड–१९ क्राइसीस म्यानेज सेन्टरको बैठकले दुवै ठाउँमा बिरामी राखी स्वास्थ्य र सुरक्षाको प्रवन्ध मिलाउने निर्णय गरेको छ । कोहलपुरमा बिरामी राख्ने निर्णय हुने बित्तिकै स्थानीयवासी विरोधमा उत्रिएका छन् ।
बैठकले खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको पुरै बिल्डिङलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने तयारी गरेको छ । जिल्लामा संक्रमितको संख्या बढ्दै गरेकाले आगामी दिनको व्यवस्थापनका लागि पनि तयारी भएको छ । खजुराको कृषि व्यवसाय सहयोग प्रवद्र्धन तथा तालिम केन्द्र र नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा बिरामी राखिने भएको छ । कृषि तालिम केन्द्र खजुरामा लक्षण नदेखिएका र मेडिकल कलेजमा लक्षण देखिएका बिरामीलाई राखेर उपचार गर्ने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले परीक्षण, उपचार, मृतकको व्यवस्थापनलगायत कार्यका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री, किट्सहरुको थप व्यवस्थापनका लागि केन्द्रीय सीसीएमसीमा अनुरोध गर्ने निर्णय गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !