३० सशस्त्र प्रहरीको रिपोर्ट ‘नेगेटिभ’

 

नेपालगञ्ज – ३० जना सशस्त्र प्रहरीको रिपोर्ट नेगेटिभ आएको छ ।
ट्रेसिङका क्रममा सशस्त्र प्रहरी कोरोना संक्रमितको सम्पर्कमा रहेको बताइएपछि जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको टोलीले कोहलपुरस्थित सशस्त्र प्रहरीको क्षेत्रीय अस्पतालमा रहेका ३० जना प्रहरीको स्वाव संकलन गरेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले ३० जना सशस्त्र प्रहरीको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । उनीहरुको सबैको भेरी अस्पताल, नेपालगञ्जमा कोरोना परीक्षण गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !