डेन्टल अस्पतालमा पुगे तीन जना

नेपालगञ्ज – ‘आरडीटी’ टेष्ट पोजिटिभ देखिएका तीन जनालाई लायन्स डेन्टल अस्पताल, नेपालगञ्जमा राखिएको छ ।
भारतीय क्वारेन्टाइनमा रहेका विभिन्न जिल्लाका ६ सय ८० जना बढीलाई नेपालगञ्ज नाकाबाट भित्र्याउदा तीन जनामा आरडीटी पोजिटिभ देखिएको थियो । उनीहरु कालिकोट, सुर्खेत र नुवाकोटका छन् ।
आरडीटी पोजिटिभ देखिएका उनीहरुको पीसीआर टेष्ट गर्ने तयारी भएको छ । आरडीटी टेष्ट गर्दा पोजिटिभ देखिएका उनीहरुलाई अरुबाट अलग राखिएको हो । सरकारले डेन्टल लायन्स अस्पताललाई आइसोलेसन कक्ष बनाउने निर्णय गरिसकेको छ । त्यसअघि नै लायन्ससम्बद्धले डेन्टल अस्पताललाई आइसोलेसन बनाउन सहमति दिइसकेका थिए ।
नेपालगञ्जमा भारतबाट ल्याइएका अन्यत्र जिल्लाका ४ सय ६६ जनाको आरडीटी टेष्ट गरिएको थियो । तीन जनाबाहेक अरुलाई सम्बन्धित जिल्लामा पठाइएको छ । बाँकेका २ सय १४ जनालाई पनि सम्बन्धित पालिकामा पठाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका बासिन्दालाई महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !