३४ ‘नेगेटिभ’
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा परीक्षण गरिएको ३४ वटा स्वावको रिपोर्ट नेगेटिभ आएको छ ।
अस्पतालका अनुसार, ३४ वटा स्वावको रिपोर्ट नेगेटिभ आएको छ भने ३४ वटा परीक्षणको प्रक्रियामा रहेको छ । बुधबार नेपालगञ्ज आसपासमा स्वाव लिइएका १ सय ३६ मध्येमा ३४ वटाको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेमा आज बिहीबार ४८ जनाको स्वाव संकलन गरिएको छ । योसहित बुधबारको एक सय २ गरी एक सय ५० वटा स्वावको रिपोर्ट आउन बाँकी रहेको छ ।