आँखैमा झलझली ‘स्कुटीवाली’

दहशतजदा हैं लोग हमारे शहरमे आज,
अपनेसे गीरगया है कोइबुत शहरमे आज ।
शरदचन्द्र उपाध्यायको यो मतलाले हाम्रो नेपालगञ्जको बयान गरिरहेको आभाष हुन्छ, आजकाल ।
औलो र हैजाको महामारी झेलिसकेको शहर पो हो नेपालगञ्ज । देश मै सबैभन्दा गर्मी अनुभव गरिने शहर पनि त हो, नेपालगञ्ज । महामारीका गाथाले संसारका कतिपय शहरहरुको अस्तित्व संकटमा पारेको इतिहांस हामीले पक्कै पढेका छौं । देख्ने पुस्ता त यतिवेला ज्यूँदा नहोलान् । पछिल्ला घटनाक्रमले शहरको चिनारीमा कालो दाग नलाग्ला भन्न सकिन्न । यहाँ गरिव र मजदुरको समस्या भन्दा पढेलेखेका सम्भ्रान्तहरुको असभ्यता खुबै देखियो ।
पेन्डेमिक शहर अर्थात नेपालगञ्ज गुलरिया आसपासको यात्रा काठमाडौंबाट फर्के पछिको हो, थाहा छैन उनी को हुन् । तर खै किन मनले उनी फेरी भेटिनु पर्छ भनिरहन्छ !
हाइवेमा रप्mतारमा कुदिरहँदा एक्कासी एउटा स्कुटीले सरर्र ओभरट्याक गर्छ ।
बडो रोमाञ्चक तरिकाले स्कुटी चलाइ रहेकी उनी को हुन् अत्तो पत्तो छैन । हावाको झोक्का जसरी आइन् अनि उसैगरी गन्तब्यमा रप्mतार गइन् ।
लकडाउन चलिरहेकै समय काठमाडौंबाट गृह जिल्ला बाँके फर्किसकेको थिएँ । काठमाडौंमा रहेकाहरुले नेपालगञ्ज कसरी पुगौला भन्दै गर्दा आफु कुदियो, नेपालगञ्ज । मैले नेपालगञ्जलाई कसरी भुल्न सक्छु र ! भलै, नेपालगञ्जले मलाई विर्सन सक्छ ।
नेपालगञ्ज सदाबहार बाढी र डुबानले चर्चामा आउँछ । सशस्त्र युद्धका बेलामा उत्तिकै चर्चामा थियो, मधेश आन्दोलको विजारोपनले चर्चा कम भएन । राजाको शासनका बेला समर्थक र विरोधी कम थिएनन् । सञ्चारकर्मीहरुले प्रेस स्वतन्त्रताका लागी गर्ने जोडतोडको विरोध पनि नेपालगञ्जको चिनारी हो । अझ अघि जंगबहादुरको शहर पनि भनेर चिनिन्थ्यो । पञ्चायत ताका घाघरान प्रजातन्त्र सेनानीहरु बस्ने नेपालगञ्ज । भेट्रान खेलाडीहरुको वासस्थान पनि त हो यो, नेपालगञ्ज ।
राजतन्त्र र हिन्दुत्वका समर्थक पनि कम छैनन् यहाँ । उसो त करिव–करिव २० प्रतिशत मुस्लिम समुदाय पनि
बस्छन् । शहरमा थुप्रै चर्च पनि सञ्चालनमा छन् ।
नगरको मूल सडक सुर्खेतरोडमा रहेको शिख धर्मको गुरुद्वाराका मनकारीहरुले लकडाउनमा सीमामा फसेका थुपै्रलाई खाना (लंगर) पनि खुवाएको शहर हो यो, नेपालगञ्ज । वास्तवमा नेपालगञ्जले धेरै प्रतिकूल परिस्थितिबाट अनुकूलतातर्फ नबदलेको पनि कहाँ हो र !
उनी अर्थात कहाँबाट आइन् कता गइन् मनमा कुरा खेलिरहँदा अलि पर स्लो मोसनमा ड्राइभ गरिरहेकी उनीले ट्राफिक नियमको कति उल्लंघन गरिन् मैले थाहा पाइन । तर उनले स्पिडमा स्कुटी चलाउनु आप्mनो प्यासन हो है भन्दै कम्पिटिसन गर्ने हो भनेर ललकारेर फेरी सुईकुच्चा ठोकिन् । मैले पनि दिमागलाई भन्दा मनलाई महत्व दिए अनि एक्सलेटर थिचेर पछ्याउँदै कुदें ।
नेपालगञ्ज पुग्न करिव २५ किमि बाँकी रहँदा उनी भेटिएकी थिइन् । ५ पटक जति ओभरट्याक गरेर हावामा गफियौं पनि विना परिचय ।
मलाई नेपालगञ्ज पुग्नु पर्ने थियो उनलाई कहाँ पुग्ने मलाई थाह थिएन । मोडमा उनले स्कुटीको ह्याण्डिल र्टिर्नङ कट मार्दा फर्मुला वान की राइडर जस्तो लाग्थ्यो । अनि उनको कपाल त समुद्रमा तैरन माछा जस्तै होइन खहरे खोलामा खोलाको उल्टो दिशामा पौडने माछाका पखेट्टा जस्तै देखन्थ्यिो ।
बोली र जिउडालले कडक लाग्थिन्, कता–कता हिन्दी सिनेमाकी इन्सपेक्टर दुर्गा जस्ती पनि । कतिले हेर्नु भयो त्यो हिन्दी फिल्म कुन्नि !
नेपालगञ्ज यसपटक कोभिड–१९को संक्रमणमा फर्मुला वान जस्तै रेशमा छ ।
दिनै पिच्छे नयाँ संक्रमितको संख्या बढ्दै जाँदा मलाई उनै अपरिचित स्कुटर चालकको रफ्तार सम्झना दिलाउँछ ।
आखिर उनी कहाँ होलिन् ? के गर्दै होलिन् ? यता कोभिड–१९ का संक्रमितहरु कहाँ–कहाँ होलान् ? के गर्दै होलान् ? को–को होलान् ? कति होलान् नेपालगञ्ज भित्र ? यावत प्रश्न मनमा खेलिरहन्छन् ।
वास्तवमा उनी स्वस्थ्य ब्यक्ति हुन् भने त्यो स्पिड स्वस्थ्य थिएन । मलाई कतै उनी मानसिक रोगबाट ग्रस्त पो हुन् की भनेर चिन्ता पनि लाग्योे, तर मेरो चिन्ता ब्यर्थको रह्यो ।
यता नेपालगञ्ज दिनदिनै संक्रमणको शिकार बन्दै गइरेहकोले स्वाभाविक थियो मेरो मात्रै नभएर नगारवासीहरुमा चिन्ता बढ्नु ।
हिन्दीमा एउटा भनाइ खुबै चर्चित छ नि आदतसे मजबुर भने जस्तो यसपटक शहरका सम्भ्रान्त भनिने, पढेलेखेका वर्गहरु नै असभ्य देखिए, ब्यवहार र सामाजिक सञ्जालमा । यो पटक राज्यले अख्तियार गरेको लकडाउनको उल्लंघन गर्ने, निषेधाज्ञाको ख्याल नगर्ने यी तिनै असभ्यहरु हुन् । समस्या त दैनिक मजदूरी गर्नेहरुलाई बढी होला, ज्यालादारीमा काम गर्नेहरुलाई झनै कति समस्या होला ।
एक जना परिवार कोठा भाडामा लिएर बस्नेहरुको चुल्होमा आगो नबल्ने अवस्था आएको सूचना आयो । लकडाउनमा रहेकाले वडा अध्यक्ष र मेयर समक्ष समस्या सुनाउँदा मेयरले वडा अध्यक्षलाई सुझाए, वडा अध्यक्षले तपाईहरु आफै सहयोग गर्नुस् न भन्ने सम्मको गैरजिम्मेवार जवाफ पनि पाइयो । नागरिकले आफुले सक्दो सहयोग गरिरहेकै छन् भन्ने स्थानीय तहले बुझन सकेनन् । ती वडा अध्यक्षको नाम गोप्य नै छ, कुनैबेला परिस्थितिले धकेल्यो भने प्रक्रिया पुगाएर उजागर पनि गरौंला ।
तर नगरवासीले निषेधाज्ञाको उल्लंघन गर्दा पटक्कै चित्त बुझेन, निषेधाज्ञा र समयको सीमाका विषयमा बहस गर्न खप्पिस केही अधिकारकर्मीहरु पनि बजारमा फाटफुट्ट हाजिर लगाउन थालेछन् । तर उनीहरुलाई हेक्का रहनुपर्छ संक्रमण गर्ने भाइरसले कुनै समयको परिवन्धलाई मान्ने छैन भन्ने । घण्टौं अघिदेखि सूचना जारी गरिएको निषेधाज्ञाको सूचनालाई गम्भिर भएर नलिनेहरु प्रहरीको आग्रहलाई कमजोरी ठान्नेहरु भिड नियन्त्रण गर्दा भएको प्रहरीको बल प्रयोगलाई गलत देखाउन लागि परेकै छन्, केही नेपालगञ्जियाहरु जो आदतसे मजबुर छन् । यसो भनिरहँदा सकेसम्म प्रहरीले कमसेकम थोरै बल प्रयोग गर्नुपर्छ भन्ने मेरो पूर्ववतको मान्यतमा कतै तुषारापात भएको छैन ।

पछिल्ला घट्नाक्रमले नेपालगञ्ज असभ्यताको भुमरीमा एक पछि अर्को गर्दै फस्दै रोइरहेको आभास हुन्छ । कोरोना संक्रमणबाट बच्न नसक्ने हो भने नेपालगञ्ज भविष्यमा कलंकित हुनेछ । संक्रमणबाट बाँचेका भविष्यका सन्ततीले नेपालगञ्जको सायद नाम बदल्ने छन् ।
असभ्यताको पराकाष्ठाको रुपमा लिन सकिन्छ लकडाउन उल्लंघनको लगातारको श्रृंखलालाई । त्यसैले त निषेधाज्ञा जस्तो अवस्था आइपुग्यो अनि भन्नै पर्ने हुन्छ आफुले माया गर्ने ठाउँलाई देशकै असभ्य नागरिक बस्ने गर्मीको ब्यवहारमा फोहोरी शहर भनेर ।
अनि कुनै दिन नेपालगञ्ज आएकाहरुले नेपालगञ्ज शहर सम्झेर सायदै असभ्यहरु भन्लान की ! मलाई चिन्ता लागेर आयो । परिस्थितिलाई बुझन नसक्दा कालो इतिहास पनि लेखिन सक्ने सम्भावना उत्तिकै बलियो छ ।
फेरी मनले उनै स्कुटी चालकलाई खोज्न थाल्यो, रोग र दूर्वलताबाट मुक्त हुनु मात्र नभई मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्तीको अवस्थालाई सन् १९४६ देखि विश्व स्वास्थ्य संगठनले स्वस्थ्य मानिस भनेर परिभाषित गरेको छ । त्यसैले उनको स्वास्थ्यको बारेमा सोच्न बाध्य भएँ ।
कोरोनाको संक्रमण फैलिएको नेपालगञ्जमा साँच्चिकै ती अपरिचित स्कुटी कुदाउने कहाँ होलिन् है ? हामी जो जहाँ जहाँ भएपनि सुरक्षित रहौं, लकडाउन र निषेधाज्ञाको पालना गरौं ।


error: यो सुविधा उपलब्ध छैन !