३२ पनि ‘नेगेटिभ’

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा जाँच भएको थप ३२ वटा स्वावको रिपोर्ट नेगेटिभ आएको छ ।
नेपालगञ्जका २०, मेडिकल कलेज र बर्दियाका गरी १२ वटा स्वावको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
नेपालगञ्जमा मंगलबार संकलन गरिएका ५४ र बर्दिया तथा मेडिकल कलेजबाट प्राप्त १२ वटा गरी ६६ वटा स्वावको रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालले अपरान्ह चार बजे ३४ वटा स्वावको रिपोर्ट सार्वजनिक गरेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बुधबार जाँच गरिएको ६६ वटै स्वावको नेगेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो । उहाँका अनुसार, बुधबार संकलन गरिएको डेढ सय बढी स्वावको परीक्षण हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !