संक्रमितसँग ‘टच’ भएकालाई खोजिदै
नेपालगञ्ज – नेपालगञ्जमा फेला परेका कोरोना संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिको खोजी भइरहेको छ ।
घरपरिवार, आफन्ती र मस्जिद तथा मदरसाका विद्यार्थी गरी ९० जनाको स्वाव लिइसकेका अधिकारीहरुले अरु व्यक्तिको खोजी गरिरहेका छन् । आज अपरान्ह संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको स्वाव लिने तयारी भएको छ ।
संक्रमितको सम्पर्कमा रहेका ५ जना भेटिएका छन् । अरुको पनि खोजी भइरहेको छ । धेरै जनाको एकैपटक स्वाव लिनका लागि अपरान्ह स्याम्पल लिने तयारी भएको छ । यो बाहेक नेपालगञ्ज वडा नं. १ मा चैत्र १० गते क्याम्पसबाट निस्किएका भनिएका तीन जनाको पनि आज स्वाव लिने तयारी भएको छ ।
अधिकारीहरुका अनुसार, संक्रमितको स्वाव लिने बेलामा फूलबारी मस्जिदमा पुगेसहित केही प्रहरीको पनि स्वाव लिने तयारी भएको छ । हिजो स्वाव लिइएका ९० जनाको रिपोर्ट आज आउने बताइएको छ ।