क्वारेन्टाइनबाट भागे भारतीय
नेपालगञ्ज – कोहलपुरको ‘क्वारेन्टाइन’बाट एकजना भागेका छन् ।
चिसापानीतिर मागी हिड्ने भारतीयलाई पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिहरु सबै प्रक्रिया पूरा गरेर घरतर्फ गएपछि उनी एक्लै भएका थिए । ती भारतीय पनि ‘जान्छु’ भनिरहेका थिए । एक्लै रहेका उनी कतिबेला क्वारेन्टाइनबाट निस्केर हिडे थाहै हुन सकेको छैन ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज डीएसपी कुलदिप चन्दका अनुसार, उनी कोरोना आशंकित होइनन् । बाटोमा मागेर खाने उसलाई लकडाउनका बेलामा समस्या होला भनेर क्वारेन्टाइनमा राखिदिएका थियौ । निस्केर हिडेछ । ऊ कतै जादैन । त्यही आसपासमा होला । फेरि आइहाल्छ ।
ती भारतीय नागरिक बोल्नसमेत सक्दैनन् । घर कहाँ हो भन्दा विहार हो भन्थ्यो । कति जना घरपरिवार छन् भन्दा पाँच सय जना भन्थ्यो ।
पिपिरीको क्वारेन्टाइनमा विहानपख रुपन्देहीबाट आठ जना ल्याएर राखिएको छ ।