भारतीयको ‘आरडीटी’ जाँच हुँदै

नेपालगञ्ज – कोहलपुरको हवल्दारपुरस्थित राम माविमा राखिएका भारतीय नागरिकको आज ‘आरडीटी’ जाँच हुँदैछ ।
भारत नानपाराका ६७ जना भारतीय राम माविमा बनाइएको क्वारेन्टाइनमा बसेका छन् । चितवन पुगेका भारतीय १२ दिन पैदल हिडेर कोहलपुर आइपुगेका थिए । चैत्र २६ गते बाँके आइपुगेका उनीहरुलाई स्थानीय प्रशासनले कोहलपुर नगरपालिकासँग समन्वय गरेर हवल्दारपुरमा राखेको थियो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको टोलीले आज उनीहरुको आरडीटी जाँच गर्दैछ ।
क्वारेन्टाइनमा राखेको १४ दिनपछि आरडीटी जाँच गर्ने र स्थानीय प्रशासनले समन्वय गरेर उनीहरुलाई घर पठाउने गरेको छ । यी भारतीयको १९ औं दिन आरडीटी जाँच हुँदैछ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले आरडीटी जाँच गरेपछि उनीहरुलाई घर पठाउने बारेमा छलफल हुने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !