नेकपाको ६ निर्णय

नेपालगञ्ज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपालगञ्ज नगर कमिटिले विभिन्न निर्णय गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष आइपी खरेलको उपस्थितिमा नगर कमिटिले विपति व्यवस्थापन कोष स्थापना गर्ने, अनुगमन समिति गठन गर्ने, लकडाउनलाई कडाईका साथ अझै प्रभावकारी बनाउन प्रशासनलाई माग गर्ने निर्णय गरेको छ ।

बैठकले राहत वितरणलाई व्यवस्थित गर्न सम्पूर्ण वडा कमिटिको बैठक सामाजिक दुरी कायम गरी बसेर विपन्न, मजदुर, विद्यार्थी र अन्यलाई न्यायोचित रुपमा वितरण गर्ने, राहत वितरणलाई एकद्वार बनाउने निर्णय गरेको छ । बैठकले मुस्लिम धर्मावलम्बीहरुको रमजान (रोजा) को शुभकामना दिदै सामाजिक दुरीलाई कायम राख्दै घरमै नमाज पढ्न अनुरोध गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !