चालिस जनाको परीक्षण, सबै नेगेटिभ

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा ४० जनाको ‘पीसीआर’ जाँच भएको छ ।
बाँके, बर्दिया र दाङका ४१ जनाको स्याम्पल आएकोमा अस्पतालले ४० जना रिपोर्ट सार्वजनिक गरेको छ । ४० जनाकै रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालले एकजनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।
भेरीले बाँकेका २८, बर्दियाका सात र दाङका ५ जनाको पीसीआर जाँच गरेको हो । बर्दियाका एकजनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
बाँकेमा अब १८ जना आइसोलेसनमा रहेका छन् । नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा १६, भेरी र आर्मी अस्पतालमा एक÷एकजना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !